गण्डकीमा म्याग्दीबाट सुरु भयो एमालेको जिल्ला अधिवेशन (सेडुअलसहित)
पाेखरा | माघ १५, २०८०
पोखरा: नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अधिवेशन सकिएपछि म्याग्दीबाट जिल्ला अधिवेशन थालेको छ ।
म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट बालकृष्ण सुवेदीको नेतृत्वमा ७५ सदस्यीय कमिटी गठन भएको छ ।
गण्डकीका अध्यक्ष नवराज शर्माका अनुसार आगामी फागुन २५ र २६ गते गोरखामा अधिवेशनको मिति तय भएको छ ।
यस्तै आगामी चैतको २ र ३ गते नवलपुरमा हुनेछ भने ११ र १२ गते कास्कीका गरिने तयारी छ ।
यसैगरी १६ र १७ गते लमजुङ, २२ र ३३ गते स्याङ्जा, २५ र २६ गते पर्वत, २९ र ३० गते बागलुङमा अधिवेशन हुने तालिका छ । बाँकी तीन जिल्ला (तनहुँ, मनाङ र मुस्ताङ) को भने मिति तय भएको छैन ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

